देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पड्केको सिलिण्डरको मोटाइ आधा कम

देशान्तर

काठमाडौं । पाटनमा गत शुक्रबार विस्फोट भएको एचपी ब्राण्डको सिलिण्डरको मोटाइ कम भेटिएको छ। महानगरीय प्रहरी परिसर, आपूर्ति विभाग, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय उपभोक्ता मंचले गरेको घटनाको प्रारम्भिक अध्ययनमा सिलिण्डरको आवश्यक मोटाइभन्दा कम पाइएको हो ।

गुणस्तर मापदण्डअनुसार सामान्यतया सिलिण्डरको मोटाई २ दशमलव ९ मिमि हुनुपर्छ ।

तर विस्फोट भएको हिमालय पेट्रोेकेमिकल्सको उक्त सिलिण्डरको मोटाइ एक दशमलव ८३ मिमि मात्र भएको अध्ययनले देखाएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

]]>