देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मधेसका मुद्दाप्रति सरकार गम्भीर छैनः निधि

देशान्तर

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री विमलेन्द्र निधिले मधेसका जायज माग सम्बोधन गर्नेतर्फ नेकपा एमाले नेतृत्वको सरकार गम्भीर नरहेको बताएका छन् ।  

दक्षिणी धनुषाको नगराइन गाविसस्थित राजेश्वर निधि उच्च माविको हातामा निर्माण हुन लागेको चारकोठे भवनको मङ्गलबार शिलान्यास गर्दै पूर्वमन्त्री निधिले आन्दोलनरत पक्षलाई वार्ताको टेबुलमा ल्याउन प्रयास गर्नुको साटो वार्ताको वातावरण बिगार्ने काम सरकारबाटै भइआएको आरोप लगाए ।  

उनले वर्तमान संविधानमा कमी कमजोरी रहेको स्वीकार गर्दै त्यसमा संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए ।  

संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेसी मोर्चासँग छिट्टै आफूहरुको सहकार्य हुन गइरहेको उनले खुलासा गरे ।  

वर्तमान सरकारको व्यवहारले छिमेकी मुलुकसँगको सम्बन्ध समेत चिसिएको उनको भनाइ थियो । 

उनले जटही–ढल्केबर सडकखण्ड पूरा भएपछि ग्रामीण अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरे ।  

निर्माण हुन लागेको चारकोठे भवनका लागि जिल्ला शिक्षा कार्यालय धनुषाले रु ३२ लाख अनुदान सहायता प्रदान गरेको छ ।

]]>