देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिनियाँ उच्च धार्मिक नेता काठमाडौँमा

देशान्तर

काठमाडौं । बिहीबारबार हुने अन्र्तराष्ट्रिय बौद्ध सम्मेलमा सहभागि हुन चिनियाँ उच्च बुद्धिष्ट धार्मिक नेतासहित भिक्षुको टोली काठमाडौँ आएको छ।  पर्यटन मन्त्रालयका अनुसार चिनियाँ बुद्धिष्ट एसोसियसनका उपाध्यक्ष रहेका भेनेरेवल मास्टर यिन सन् नेतृत्वको एक टोली आएको हो ।

टोलीलाई पर्यटन र परराष्ट्र मन्त्रालयका अधिकारीहरुले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरे ।  उनी चिनियाँ मन्त्री भन्दा माथिल्लो तहमा पर्ने धार्मिक नेता हुन् । बुद्धिष्ट एसोसिएसनका उपाध्यक्षसहितकोे २६ सदस्यीय टोलीलाई चिनियाँ दूतावासको संयोजनमा काठमाडौँमा बस्ने व्यवस्था मिलाइएको छ। सन् १९७४ मा हुवेई प्रान्तमा जन्मेका उनी हाइनान प्रान्तका बुद्धिष्ट एसोसिएसनका अध्यक्ष हुन् ।

उनी चिनियाँ कम्युनिस्ट पार्टीको ग्वाङ्डोङ् प्रान्तको स्थायी समिति सदस्य तथा सेन्झेनस्थित होङ्फा र हाइनानस्थित नान्सा बुद्ध मन्दिरका प्रमुख हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

]]>