देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विश्वमै नभएको ट्राफिक नियम नेपालमा

देशान्तर

काठमाडौं । सवारीसाधनले पासिङ लाइट बाल्नु आफूभन्दा अगाडिको सवारीसाधनलाई अघि बढ्न संकेत गर्नु हो । विश्वभरि पासिङ लाइटको यही नियम छ । तर, नेपालमा पासिङ लाइटको फरक नियम छ । नेपालको सडकमा पासिङ लाइट बाल्नु आफूलाई अगाडि जान अनुमति माग्नु हो । नेपालमा ९९ चालक पासिङ लाइट बालेर आफू अघि बढ्छन् ।

पासिङ लाइट मात्र होइन ‘साइड लाइट’बारे पनि उल्टो शिक्षा नेपालमा छ ।  पछाडिबाट आएको सवारीसाधनलाई ओभरटेकको अनुमति दिन अगाडिको सवारीसाधनका चालकले दायाँतर्फको साइड लाइट बाल्ने गर्छन् । तर, त्यसरी साइड दिनुपर्दा देब्रेतर्फको साइड लाइट बाल्ने ट्राफिक नियम विश्वभरि छ । दायाँतर्फको साइड लाइट बाल्दा गाडी दाहिनेतर्फ मोडिएको हो वा साइड दिएको हो भन्ने द्विविधा उत्पन्न हुने गरेको छ । ट्राफिक महाशाखाका डिआइजी  प्रकाश अर्यालका अनुसार नेपालमा राजमार्ग खुलेदेखि नै दायाँतर्फको साइड लाइट बालेर ओभरटेक गर्न संकेत दिने गलत नियम बसेको हो ।

‘पहिला राजमार्ग साँघुरा थिए, ओभरटेक गर्दा गाडी ठोक्किन सक्ने भएकाले अगाडिको गाडीले दायाँतर्फको तथा पछाडिको गाडीले बायाँतर्फको साइड लाइट बाल्ने गर्थे,’ अर्यालले भने ‘ओभरटेक गर्ने क्रममा गाडी नठोक्कियोस् भनेर रातको समयमा चालकहरूले त्यसरी साइड लाइट बाल्ने गरेका थिए, त्यही नियमजस्तै बन्यो ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>