देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चीनबाट काठमाडौंका लागि रेल गुडेपछि दिल्ली सशंकित

देशान्तर

काठमाडौं । चीनको उत्तरपश्चिम प्रान्त कान्सुको राजधानी लान्चोउबाट प्रस्थान गरेको रेलमा अगाडि रातो ब्यानरमा लेखिएको छ– दक्षिण एसियाली अन्तर्राष्ट्रिय रेल यातायात, लान्चोउ—सिगात्से—काठमाडौं। गन्तव्य लान्चोउदेखि काठमाडौंसम्म भनिए पनि रेल सिगात्सेसम्म मात्र पुग्ने हो। तर, त्यसले बोकेका कन्टेनर काठमाडौं आइपुग्नेछन्।

तर, पनि कान्सुको इकोनोमिक डेली मात्र होइन, चीनको प्रसिद्ध राष्ट्रिय दैनिक पिपुल्स डेलीको अनलाइन संस्करणमा पनि भनिएको छ– चीनदेखि काठमाडौंसम्म पहिलो रेल यातायातको सुरुवात। यो समाचारलाई काठमाडौंका मिडियाले उत्साहपूर्वक र दिल्लीका मिडियाले सतर्कतापूर्वक प्रकाशित गरेका छन्। बुधबार सुरु भएको यातायातको नयाा सञ्जालले चीन र नेपालको व्यापारलाई धेरै सहज बनाएको छ। समुद्री बाटोबाट महिनौा लगाउने सामान अब १० दिनको सेरोफेरोमै काठमाडौं पुग्नेछन्। यसरी अहिलेसम्म लाग्दै आएको ३५ दिनको बाटो जोगिने भएको छ।

रेल प्रस्थान गर्नुअघि लान्चोउमा औपचारिक कार्यक्रम गरिएको थियो। लान्चोउ अन्तर्राष्ट्रिय पोर्ट डिस्ट्रिक्टबाट प्रान्तीय कमिटी तथा पार्टी सेक्रेटरी यू हैयानले रेल प्रस्थानको घोषणा गरेका थिए। नेपालबाट गएका व्यापारीहरूले ताली पिटेर उनलाई साथ दिएका थिए। कार्यक्रममा नेपालबाट काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी रुद्रसिंह तामाङ पनि उपस्थित थिए। उनी काठमाडौं र लान्चोउलाई भगिनी महानगर बनाउने औपचारिक कार्यक्रममा त्यहाा पुगेका हुन्। लान्चोउ डिस्ट्रिक्टका व्यवस्थापकीय समितिका उपनिर्देशक निउ सियाङतोङले यो नयाा रेल सेवाले भारतीय मार्गलाई उपेक्षा नगरेको बताए।

‘रेल खुल्नु भनेको चीनका प्रान्तहरुबाट दक्षिण एसिया सामग्री पुर्‍याउन भारतीय समुन्द्रलाई बाइपास गर्नु होइन् तर जमिनबाट सीधा सर्कल हुादा यातायात खर्च कम हुनेछ। हाम्रो उद्देश्य त्यतिमात्र हो।’ चीन रेलवे कन्टेनर यातायात लिमिटेड कम्पनीका अध्यक्ष उ युनथियान, तिब्बत स्वायत्त क्षेत्रका उपमहासचिव लोङ इन वाटरसिड, कान्सु प्रान्तीय सरकारका उपमहासचिव जर्नेल चियाङ युनपिङ, ल्हासा नगरपालिका कमिटीका उपमेयर छन वनछियाङ, सिगात्सेका उपमेयर चाङ सिउऊ कार्यक्रममा उपस्थित थिए।

पिपुल्स डेलीका अनुसार रेलका ४३ वटा डिब्बाले ८६ वटा कन्टेनर बोकेका छन्। त्यसमा दैनिक उपभोग्य सामग्री रहे पनि विवरण उपलब्ध छैन। रेलले २ हजार ४ सय ३१ किलोमिटर यात्रा तय गरी सिगात्से पुग्नेछ। त्यहााबाट केरुङसम्म ५ सय ६५ किलोमिटर र केरुङबाट काठमाडौंसम्म १६० किलोमिटरको सडकमार्ग तय गर्नेछ। चीनबाट नेपालका लागि पहिलो कार्गो रेल सुरु भए पनि नेपाली पक्ष बेखबरजस्तै छ। बेइजिङस्थित दूतावासले समेत यो कार्यक्रमबारे आफूहरूलाई जानकारी नभएको बताएको छ।

‘मैले पनि मिडियामा सुनो, तर हामीलाई जानकारी गराइएको छैन,’ कार्यबाहक राजदूत निर्मलराज काफ्लेले भने।  त्यस्तै, काठमाडौंस्थित परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले पनि पछिल्लो विकासको विषयमा आफूहरूलाई जानकारी नभएको बताए। ‘मैले पनि सञ्चारमाध्यममा पढो, यसबारे सरकारलाई औपचारिक जानकारी आएको छैन,’ उनले भने।

तर, यो यातायातलाई सहज बनाउन चिनियाा पक्षले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई भने एक साताअघि नै आग्रह गरेको थियो। यो विषयमा छलफल गर्न लान्चोउका मेयर युआन चौनथिङले वैशाख २३ गते ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अधिकारीहरूसाग भेट गरेका थिए। नयाँ पत्रिका दैनिकमा समाचार  छापिएको छ । 

]]>