देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२५ हजार लाइसेन्स ब्लुबुक निलम्बन हुँदै

देशान्तर

काठमाडौं । ट्राफिक नियम उल्लंघनपछि कारबाहीका लागि ट्राफिक प्रहरीले लिएको कागजपत्र एक महिनाभित्र फिर्ता लिनुपर्ने भएको छ। नत्र चालकका लाइसेन्स तथा व्लुबुक निलम्बन हुने र थप जरिवाना तिर्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

यातायात व्यवस्था एनअनुसार कारबाहीका लागि खिचिएको कागजपत्र एक महिनाभित्र जरिवाना तिरेर फिर्ता लिइसक्नुपर्ने प्रावधान छ। सोही ऐनलाई महानगरीय ट्राफिक महाशाखाले कडाइका साथ लागू गर्न लागेको हो। कारबाहीका तानिएका कागजपत्र वर्षैंसम्म लिन नआउने प्रवृत्ति रोक्न यातायात  व्यवस्था ऐनको स्पिरिटअनुसार आफूहरू अघिबढेको महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालले बताए।

महाशाखाले करिब २० हजार लाइसेन्स तथा व्लुबुक निलम्बन प्रक्रियाका लागि यातायात व्यावस्था कार्यालय पठाएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ। 

]]>