देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुई महिनादेखि आइओएम डिन खोज्दै सर्च कमिटि

देशान्तर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिन सिफरिसका लागि गठन भएको सर्च कमिटिले दुई महिना बितिसम्दा पनि नाम सिफारिस गर्न सकेको छैन् । २२ माघमा आइओएम डिनबाट राजीनामा दिएका प्रा डा राकेशकुमार श्रीवस्तवको राजीनामा स्वीकृत गरेपछि त्रिवि कार्यकारी परिषद्ले त्यसको एक महिनापछि डिन सचए कमिटि गठन गरेको थियो।

परिषदले आइओएमको डिन सिफारिसका लागि प्राध्यापक पुष्कर बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरेको थियो । सो कमिटीमा त्रिवि शिक्षण अस्पतालका सहायक निर्देशक डा. दिनेश काफ्ले र प्राध्यापक लक्ष्मीकान्त सुवेदी सदस्य थिए।

यसअघि डिनको नाम सिफारिस गर्न सर्च कमिटिलाई एक हप्ताको समयसीमा तोकिएको हुन्थ्यो तर यसपटक भने समयसीमा नतोकिएका कारण समितिले डिनको नाम कहिले सिफारिस गर्छ भन्ने टुंगो लागेको छैन। आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।

]]>