देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विदेशमा पैसा राख्ने नेपालीहरुमाथि छानबिन सुरु

देशान्तर

काठमाडौं । सरकारले कर छुट सुविधा पाइने विभिन्न देशमा अवैध सम्पत्ति जम्मा गरेका नेपालीमाथि अनुसन्धान थालेको छ।

अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति सुद्धिकरण विभागले ट्याक्स हेभन मुलुकका विभिन्न कम्पनीमा नेपालीले लगानी गरेको सम्पत्तिबारे अनुसन्धान सुरु गरेको हो।

विभागका महानिर्देशक किशोरजंग कार्कीले नेपाली नागरिकले कर छुट भएका मुलुकमा पैसा राखेको भन्दै नाम सार्वजनिक भएपछि विभागले चासो पूर्वक अनुसन्धान थालेको जानकारी  दिए। नागरिक दैनिकमा समाचार छ ।

]]>