देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफल हुँदै

देशान्तर

काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा परेका संशोधन प्रस्तावमाथि छलफल हुँदैछ।

संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्ताव उपर छलफल हुने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिए।  सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलहरुले सोमबार संशोधन प्रस्ताव दर्ता गरेका थिए।

कांग्रेसले १६ बुँदे संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ भने अन्य साना दलले पनि केही संशोधन प्रस्ताव दर्ता गरेका छन्।  संसद सचिवालयले सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्न सोमबार विहान ११ बजेदेखि ४ बजेसम्मको समय दिएको थियो।  

]]>