देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारको नीति तथा कार्यक्रम पारित

देशान्तर

काठमाडौं । सरकारले व्यवस्थापिका संसदमा आइतबार पेस हुने नीति तथा कार्यक्रम पारित गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे व्यवस्थापिका संसदमा पेस गर्ने कार्यक्रम छ।

बिहीबार बिहानै मन्त्रिपरिषद बैठक बसेर नीति तथा कार्यक्रम पारित गर्ने भनिए पनि पछिल्लो राजनीतिक घटनाक्रमका कारण बैठक साँझलाई सरेको थियो। त्यसैगरी बैठकले बारामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रण गर्ने निर्णय गरेको छ।  बिमानस्थल निर्माणका लागि स्वदेशी स्रोतसमेत प्रयोग गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ। बैठकले भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माणका निम्ति सार्वजनिक खरिद प्रक्रियासम्बन्धी ऐनको पहिलो संशोधन मस्यौदा पारित गरेको छ।

पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय मन्त्रिपरिषद बैठकले राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय कायम गर्ने निर्णय गरेको छ। बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसअनुसार न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो। नयाँ व्यवस्थाअनुसार न्यूनतम पारिश्रमिकका रूपमा राष्ट्रिय मिडियाका कर्मचारीको १४ हजार ४ सय, सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको १४ हजार १ सय र आमसञ्चार प्रतिष्ठानका कामदारको न्यूनतम १२ हजार ५ सय तलब हुनेछ।

]]>