देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालीले पत्ता लगाए नयाँ ग्रह

देशान्तर

काठमाडौं । अमेरिकामा रहँदै आएका नेपाली खगोलशास्त्री सुमन सत्यालले सोह्र प्रकाश वर्ष टाढा नयाँ ग्रह रहेको आफूले पत्ता लगाएको दाबी गरेका छन्। युनिभर्सिटी अफ टेक्सस अर्लिङ्टनमा खलो भौतिक विज्ञान बढाउँदै आएका सत्याल नेतृत्वको खगोलशास्त्री टोलीले गिल्जा ८३२ तारालाई सो ग्रहले परिक्रमा गर्ने गरेको सैद्धान्तिक आधार प्रस्तुत गरेको हो।  

गिल्जा ८३२ ताराको आकार सूर्यको आधा छ। सूर्य पनि एउटा तारा हो। ‘हामी त्यही ताराको अध्ययनबाट प्राप्त तथ्य विश्लेषणका आधारमा ब्रह्माण्डमा नयाँ ग्रह रहेको निष्कर्षमा पुगेका हौं,’ सत्यालले भने, ‘यसअघि सो तारालाई परिक्रममा गर्ने दुई ग्रह पत्ता लागिसेका छन्। ती देवैका बीच नयाँ ग्रह भेटिएको हो।’

एक प्रकाश वर्ष भन्नाले प्रकाशले एक वर्षमा गर्ने तय गर्ने दूरी हो। सूर्यबाट प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट १७ सेकेन्ड लाग्छ। हालसम्मका सिद्धान्तअनुसार प्रकाशको गतिभन्दा तीव्र यो ब्रह्माण्डमा कोही पनि छैन। त्यस्तै ब्रह्माण्डको अध्ययन प्रकाश वर्षमा गरिन्छ। नागरिक दैनिकमा समाचार छ। 

]]>