देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दूध बेचेर पानी किन्नुपर्ने बाध्यता

देशान्तर

काठमाडौं । पानीको मुहान सुकेर उत्पन्न हाहाकारले दूध बेचेर पानी किन्नुपर्नेसम्मको अवस्था आएको छ। काभ्रेको तिमाल क्षेत्रमा प्रत्येक बिहान दूध लिन जाने ट्रकले भकुन्डेबेसी र पात्लेखेतबाट ड्रममा पानी भरेर लैजाने र प्रतिलिटर डेढदेखि दुई रुपैयाँसम्म विक्री गर्छ। काभ्रे खनालथोकका कृष्ण खनाल पानीको यति धेरै हाहाकार पहिले कहित्यै नभएको बताउँछन्।

‘दूध लिन जाँदा पहिलाँ खाली गुड्ने ट्रक अहिले पानी बोकेर जान्छन्,’उनले भने,‘पानी बिक्री गरेपछि दूध बोकेर फर्किन्छन्।’ उनका अनुसार दध फ्याटअनुसार औसतमा प्रतिलिटर ३० देखि ५० रुपैयाँसम्ममा विक्री हुन्छ।  खनालथोकमा भूकम्पअघि प्रतिसेकेन्ड १६ लिटर पानी आउने खानेपानी आयोजनामा अहिले ५ लिटरमात्रै आउने गरेको उनले बताए।

काभ्रेको तिमाल र दाप्चा क्षेत्रमा पहिल्यैदेखि पानी अभाव भएपनि अहिलेको जस्तो हाहाकार कहिल्यै नभएको उनले बताए। कानपुरलगायत कतिपय गाविसमा पानी अभावका कारण स्थानीयबासी बसाइँ सर्न थालेको खनालले बताए। कारोबार दैनिकमा समाचार छ । 

]]>