देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिनी उद्योगबाट चाँडै बिजुली

देशान्तर

काठमाडौं । सरकारले चिनी उद्योगबाट उत्पादन हुने बिजुली किन्ने प्रक्रिया सुरु गरेको छ। बिजुली खरिदका लागि विद्युत विकास विभागले उद्योगीसँग प्रस्ताव मागेको छ। विभागले १५ दिनभित्र प्रस्ताव पेश गर्न उद्योगीलाई भनेको छ।  

क्रसिङको समयमा उखुको बोक्राबाट उत्पादन हुने विद्युत आपूर्तिका लागि सरकारले चिनी उद्योगसँग आवेदन माग गरेको हो।  यो वर्ष उद्योगले उखु क्रसिङ गरिसकेकाले आगामी आर्थिक वर्षदेखि चिनी उद्योगबाट विद्युत प्राधिकरणले बिजुली खरिद गर्नेछ।  

राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी अवधारणापत्र र कार्ययोजनामा चिनी उद्योगको बगासबाट उत्पादन हुने बिजुली खरिद गर्ने व्यवस्था गरिएपछि विभागले प्रस्ताव आह्वान गरेको हो। उत्पादित बिजुली तीनमहिनाभित्र प्रचलित दर प्रतियुनिट ८.४ रुपैयाँमा खरिद गर्ने व्यवस्था कार्ययोजनामा छ।  कारोबार दैनिकमा समाचार छ। 

]]>