देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिनाअभियोग डेढ वर्षदेखि नाबालक बन्दी गृहमा

देशान्तर

काठमाडौं । यातनापीडितलाई सहयोगका लागि अन्तर्राष्ट्रिय दिवस मनाइरहेका बेला एक नाबालक भने बिनाअभियोग डेढ वर्षदेखि बन्दी गृहमा दिन काटिरहेका छन्। आफूलाई कुन कसुरमा बन्दी गृहमा राखिएको हो भनेर समेत यी बालकलाई पत्तो छैन।

कपिलबस्तु तिलौराकोट १८ स्थायी घर रहेका गड्डु भनिने प्रकाश कोहार २०७१ माघ १५ गतेदेखि भक्तपुरस्थित बाल बन्दीगृहमा थुनिएका हुन्।  गड्डु थुनामा रहँदा १४ वर्षका थिए। जिल्ला प्रशासन कार्यालय कपिलबस्तुको २०७१ माघ १३ गतेको पत्रबाट जिल्ला प्रहरी कार्यालयले बालकलाई बुझेको देखिन्छ। बिना अपराध थुनामा रहेपनि खोजी गर्नलाई बाबुआमाको पत्तके नलागेपछि बालकलाई थुनामुक्ति माग गर्दै अधिवक्ता पुष्पराज पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिए।

 न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आइतबारै गड्डुलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय कपलिबस्तु, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय बाल सुधार गृह भक्तपुरलाई आदेश दिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। 

]]>