देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अफगानिस्तान फर्कनेलाई अनुमति दिने तयारी

देशान्तर

काठमाडौं । सरकारले रोजगारीका लागि द्वन्द्वग्रस्त मुलुक जान प्रतिबन्ध लगाएको एक साता नबित्दै श्रम तथा रोजगार मन्त्रालयले छुट्टीमा आएर फर्कन चाहनेलाई अफगानिस्तान पठाउने तयारी गरेको छ।

श्रम मन्त्रालयले सरकारले प्रतिबन्ध लगाएको स्थानमा सुरक्षा खतरा भएकाले नजान आग्रह गर्दै सर्वसाधारणलाई ट्राभल एडभाइजरी गर्न र एडभाइजरीको समेत बेवास्ता गर्दै जान चाहनेलाई लिखित कबुलियत गराएर जान दिने तयारी गरेको हो।

अफगानिस्तानको राजधानी काबुलमा क्यानेडेली दूतावासमा गार्डको काम गर्दै आएका नेपालीमाथि लक्षित गर्दै गत सोमबार तालिबान आतंकबादीले आत्मघाती बम विस्फोट गराएर १३ नेपालीको मृत्यु भएपछि बिहीबार मन्त्रिपरिषद बैठले अफगानिस्तान, इराक, सिरिया र लिबियामा नेपालीलाई रोजगारका लागि जान प्रतिबन्ध लगाएको थियो। श्रम तथा रोजगारमन्त्री दीपक बोहोरा स्वयं छुट्टीमा आएकालाई फर्काउन पहल गर्दै विभिन्न सरोकारवालासँग छलफलमा सक्रिय भएका छन्।

मन्त्री बोहोराले आइतबार वैदेशिक रोजगार विभागका अधिकारीसँग समेत छुट्टीमा आएकालाई तत्काल जान अनुमति दिनेबारे छलफल गरेको स्रोतले बताएको छ।  अन्नपूर्ण पोस्टमा समाचार छ। 

]]>