देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नक्कली वकिल खोज्दै बार काउन्सिल

देशान्तर

काठमाडौं । विभिन्न सेवाग्राही क्षेत्रमा नक्कली प्रमाणपत्रको विगविगी भइरहेको अवस्थमा संविधान र कानुनको व्याख्या गर्नका लागि सहयोग पुर्याउने कानुन व्यवसायीहरुको पनि प्रमाणपत्र छानबिन गर्ने नेपाल बार काउन्सिलले निर्णय गरेको छ। महान्यायाधीबक्ता हरि फुयाँलको अध्यक्षतामा केही दिनअघि बसेको बार काउन्सिलको बैठकले सम्पूर्ण कानुन व्यवयासीहरुको प्रमाणपत्र छानबिन गर्ने निर्णय गरेको सम्बद्ध स्रोतले जानकारी दियो।  

बार काउन्सिलले सम्पूर्ण कानुन व्यवसायीहरुको एसएलसीदेखिकै प्रमाणपत्र छानबिन गर्न लागेको हो। त्यसका लागि आफ्नो आफ्नो सदस्यको प्रमाणपत्र जम्मा गरी पठाउन बार काउन्सिलले अनुरोध गर्ने भएको छ।  

सम्बद्ध स्रोतले भन्यो– ‘बार काउन्सिलबाट प्रमाणपत्रहरु छानबिन गर्ने निर्णय भएको छ। अब सम्पूणै बार एकाइबाट सबै कानुन व्यवसायीहरुको एसएलसीदेखिकै प्रमाणपत्र पठाउनका लागि ती इकाईलाई पत्र लेख्ने तयारी भइरहेको छ।’ मुलुकमा करिब २ हजार जति बरिष्ठ अधिवक्ता रहेका छन्। १५ हजारको संख्यामा अधिवक्ता रहेका छन्। नेपाल समाचार पत्र दैनिकमा समाचार छ। 

]]>