देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अफगानस्तानबाट शव र घाइते ल्याएको विमान काठमाडौँमा अवतरण

देशान्तर

काठमाडौं । सोमबार काबुलमा भएको आत्मघाती तालिवानी हमलामा परी मृत्यु भएका १२ जना नेपाली र घाइते नेपालीहरुलाई लिन अफगास्तान पुगेको नेपाल वायुसेना निगमको चार्टर गरिएको विमान  काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ। 

विमानमा अफगानिस्तानबाट स्वदेश फर्कन चाहेका २४ जना नेपाली पनि छन्। विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली पनि  पुगेका छन् । 

काबुलबाट स्थानीय समय अनुसार १० बजेर ५१ मिनेट ९नेपाली समय अनुसार मध्याह्न १२ बजेर ६ मिनेटमा० उडेको थियो। यसअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एअरबस बिहान करिब ६.३० बजे अफगानिस्तानको राजधानी काबुल अवतरण गरेको थियो। विमान बिहान साढे ११ बजे काठमाडौँ फर्किने सेड्युल भए पनि उताबाट उड्न समय लागेको थियो। 
 

 

]]>