देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१५ हजार तिरे एक दिनमै पासपोर्ट

देशान्तर

काठमाडौं । दक्षिण एसियामै सबैभन्दा महंगो पासपोर्ट शुल्क लिँदै आएको सरकारले द्रुत सेवाका नाममा थप शुल्क बढाइएको छ। राहदानी तत्काल आवश्यक परेको तोक आदेश बढेपछि त्यसलाई निरुत्साहित गर्न र चुस्त सेवा दिन भन्दै सरकारले थप शुल्क निर्धारण गरेको हो।  

द्रुत मार्गबाट राहदानी लिनेलाई ५ हजार थप शुल्क लिएको सरकारले पुनः एकदिनमा, भोलिपल्ट र तीन दिनमा दिने भन्दै क्रमशः १५, १२ र १० हजार शुल्क तय गरेको हो।  आफ्नै जिल्लाबाट नियमति रुपमा पासपोर्ट लिए यसअघिकै ५ हजार मात्र शुल्क लाग्नेछ। १० वर्षसम्मका बालबालिकालाई सबै सेवामा आधा शुल्क मात्र लाग्ने राहदानी विभागले जनाएको छ। 

 बढी शुल्क लिएर न्यून गुणस्तरको राहदानी उपलब्ध गराउँदै आएको सरकारले थप शुल्क लिएको भन्दै परराष्ट्र अधिकारीहरुले नै असन्तुष्टि जनाएका छन्।  कान्तिपुर दैनिकमा समाचार छ। 

]]>