देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

न्यायपरिषद विरुद्ध न्यायाधीश सर्वोच्चमा

देशान्तर

काठमाडौं । न्यायाधीशको विवरण प्रकाशन गर्दा अवमूल्यन गरी आफूलाई बरियताक्रमको पुछारमा पारिएको बताउँदै पुनरावेदन अदालतका एक न्यायाधीशले न्यायपरिषदविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

न्याय क्षेत्रमा पुर्‍याएको योगदानको परिषदबाट कदर नभएको प्रश्न उठाउँदै पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले रिट दिएका हुन्। सिद्दिकी मुस्लिम समुदायबाट हिन्दूशास्त्र अन्तर्गतको मनुस्मृतिमा गत वर्ष विद्यावारिधि गर्ने व्यक्ति हुन्।

उनले न्यायपरिषदबाट अन्य न्यायधीशको तुलनामा आफूलाई कनिष्ठ स्थानमा राख्ने गरिएको गुनासो राखेका छन्।  अन्नपूर्ण पोष्टमा समाचार छ।

]]>