देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बोरामा राष्ट्रिय पुस्तकालय

देशान्तर

काठमाडौं । तीन सय वर्ष पुराना किताब बोरामा कोचिएका छन्। वर्ष दिनदेखि एउटै कोठामा बेहाल अवस्थामा राखिएकाले ढुसी लागेको छ। भित्तातिरका पुस्तक धमिराले खान थालेको छ। यो हो, देशको एकमात्र राष्ट्रिय पुस्तकालयको हालत।

गत वर्ष गएको भूकम्पले राष्ट्रिय पुस्तकालय रहेको ललितपुरको हरिहरभवन जीर्ण भएपछि डेढ लाख पुस्तकहरु बोरामा कोचेर राखिएका हुन्। भूकम्पबाट पुस्तक जागिएपनि ठाउँको अभावमा काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन उच्चमाविको दुई तले भवनमा थुपारिएका छन्।

मुनिको तलामा फर्निचर र केही पत्रपत्रिका तथा माथिल्लो तलामा ऐतिहासिक पुस्तकहरु छन्।  अधिकांश पुस्तक प्लास्टिकका बोरामा पोको पारेर चाङमाथि चाङ राखिएका छन्।
 कान्तिपुर दैनिकमा समाचार छ। 
  

]]>