देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरला नाका २५ दिनलाई खुला

देशान्तर

काठमाडौं । चीनले मुस्ताङमा पर्ने सीमानाका कोरला बुधवारदेखि २५ दिनका लागि खुला गरेको छ। बर्सेनि सीमा क्षेत्रमा हुँदै आएको व्यापारिक मेलाका लागि नाका खुला भएको जानकारी मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिए।  

उनले बिहीबारबाट व्यापारिक कारोबार हुने पनि बताए। चीन्ले एक दशकभन्दा अघिदेखि सीमामा तारबारसहित कोरलामा गेट बन्द गरेको छ। त्यसअघि उत्तरी मुस्ताङका बासिन्दा चीनको तिब्बती पठारमा सजिलै आउजाउ गर्ने गर्थे। तर बजारसम्म भने उनीहरुको पहुँच हुँदैनथ्यो। चीनले कोरलाको गेटमा ताला लगाउनुअघि देखि नै यसरी मेला लाग्दै आएको हो।  

लोमान्थाङका अगुवा इन्द्रधारा विष्टले तिब्बतको ढोङ्बासेन जिल्ला र उपल्लो मुस्ताङका व्यापारीको सहकार्यमा मेला हुन लागेको बताए। कोरला नाकाभन्दा ३ किलोमिटर टाढा चीनको तिब्बती भागमा मेला हुन लागेको जाकनारी अधिकारीले दिए। मेला लाग्ने भएपछि नेपालले पनि सीमा क्षेत्रको भन्सारलाई सक्रिय पार्ने उनले बताए।  अन्नपूर्ण पोस्टमा समाचार छ। 
 

]]>