देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पढ्नका लागि विदेशिने बढेको बढ्यै

देशान्तर

काठमाडौं । यो आर्थिक वर्षको बैशाखसम्म ३१ हजार जनाले विदेश पढ्न जान शिक्षा मन्त्रालयबाट अनुमति पत्र लिएका छन्।  बर्सेनि यो संख्या बढ्दो छ।  स्वदेशमा राजनीतिक अस्थिरता, पढाइमा अनियमितता, रोजगारी समस्याजस्ता कारण शिक्षाका लागि विदेशिने क्रम बढेको छ।  

२०६८/०६९ देखि २०७२/०७३ बैशाखसम्म ७० हभन्दा बढी मुलुकमा एक लाख १७ हजार पाँच सय ७४ विद्यार्थी मन्त्रालयबाट अनुमति पत्र लिएका छन्। विदेश अध्ययनमा एक जनाले सरदर १५ लाख खर्च गर्छन्।

परामर्श दार्त संस्थाले जानकारी दिएअनुसार ती मध्ये ८० प्रतिशत प्लस टु सकाएका विद्यार्थी छन्। यसअनुसार वर्षमा २४ हजारभन्दा बढी प्लस टु सकाएका विद्यार्थी विदेशिन्छन्। प्यस टु सकाउने सरदर १ लाख २० हजारमध्ये २४ हजार बाहिरिँदा २० प्रतिशत विद्यार्थी विदेश अध्ययन गर्न जाने गरेको देखिन्छ।

यसको लागत विश्लेषण गर्दा पाँच वर्षमा एक खर्ब ७६ अर्ब ३६ करोड १० लाख स्वदेशी पुँजी बाहिरिएको छ।  यो रकम सरकारले आउँदो आर्थिक वर्षका लागि छुट्याएको शिक्षाको बजेटभन्दा ६० अर्ब बढी हो।  कान्तिपुर दैनिकमा समाचार छ। 

]]>