देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देवताको डरले घर बस्दैनन् महिनावारी भएका महिला

देशान्तर

काठमाडौं । ग्रामीण भेगका अशिक्षित महिला मात्रै होइन जाने बुझेका महिला पनि देवीदेवताको डरले महिनावारी भएका बखत घरभित्र नबसी गोठमै बस्ने गरेका छन्। महिनावारी भएका बेला घरभित्र बसे कुल देवताले आफूलगायत सन्तानलाई दुःख दिने भन्दै महिलाहरु परम्परागत रुपमै पाँचदेखि सात दिनसम्म गोठमा बस्ने गरेका छन्।

शिक्षित र बुझेका महिलासमेत सदरमुकाममै घरभित्र बस्न मान्दैनन्। उनीहरुसमेत तीनदेखि पाँच दिनसम्म भान्सा र पानीसमेत नछोई बाहिरै बस्ने गरेका छन्।  महिला हिंसाको मुख्य कारक यहाँका महिलामा रहेको छाउपडी प्रथा भएकाले यसको उन्मूलनका लागि महिला तथा बालबालिका कार्यालयले अभियान नै चलाएको छ।  

जिल्लाका २४ गाविसमध्ये ६ गाविसहरु कार्कीबाडा, पिना, रोवा, रुगा, रारा र सेरीमा हिमाली ग्रामीण युवा समाज केन्द्र नामक संस्थाले छाउपडी सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ। केही बुझेका घरका पुरुषले महिनावारी भएका बेला सरसफाइ गरेर घरभित्र बस्न भने पनि महिलाहरु नै देवीदेवताको डरले महिनावारी भएका बेला घरबाहिर बस्ने गरेका छन्।  अन्नपूर्ण पोस्टमा समाचार छ।

]]>