देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अध्ययनमा विदेश गएका ५ सय कर्मचारी बेपत्ता

देशान्तर

काठमाडौं । सरकारी सुविधामा लाखौं रकम खर्चेर अध्ययनका लागि विदेश गएका निजामती कर्मचारी अध्ययन सकेपछि उत्तै बेपत्ता हुने क्रम बढ्दै गएको छ। सरकारी ऐन नियमको ठाडो उल्लंघन गरी विदेश गएका पाँच सयभन्दा बढी कर्मचारी उत्तै बेपत्ता भएका छन्। त्यसरी बेपत्ता हुने कर्मचारीको खोजी उनीहरुलाई कारबाही गर्न सरकार असफल भएको छ।

सामान्य प्रशासन मन्त्रालयका  अनुसार लोमो समयदेखि विभिन्न देशमा अध्ययन गर्न गई उत्तै बेपत्ता भएका सरकारी कर्मचारकिो संख्या पाँच सयभन्दा बढी छ। विदेश अध्ययन गर्न गएर बेपत्ता भएका कर्मचारीलाई सरकारले निजामती सेवा ऐनको ४० (घ) अनुसार कारबाही गर्न सक्ने प्रावधान छ। 

तर, सरकारी नियमसँग त्यस्ता  कर्मचारीको कुनै रेकर्ड नै छैन। यस विषयमा कर्मचारीको रेडर्क राखी कारबाही गर्ने जिम्मेवारी पाएको सामान्य प्रशासन मन्त्रालय आफैं बेखवर छ।  नयाँ पत्रिका दैनिकमा समाचार छ। 

]]>