देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हतियार खरिदमा नेपालको भारतसँग असहमति

देशान्तर

काठमाडौं । नेपालले भारतसँग हतियार खरिदको पुरानो मोडालिटी परिवर्तन गर्ने निर्णय भारतलाई सुनाएको छ। नयाँ दिल्लीमा २७ र २८ जेठमा बसेको सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहको १२ औँ बैठकमा नेपालले ४० प्रतिशत भुक्तानी र ६० प्रतिशत अनुमादनमा हतियार नकिन्ने निर्णय सुनाएको हो।

 नेपालले हतियारमा पनि सिलिङ तोकर मात्र अनुदान दिन प्रस्ताव राखेको छ। अहिलेसम्म भारतले आफ्नो हतियारको मूलय तोक्ने र त्योमध्येबाट ४० प्रतिशत भुक्तानी लिएर ६० प्रतिशत अनुदान दिएको घोषणा गर्दै आएको छ।

तर, अब भने नेपालले हतियारमा भारतले दिने अनुदानको रकम पहिले नै स्पष्ट हुनु पर्ने र भुक्तान गर्नु पर्ने ४० प्रतिशत मुल्यभन्दा सस्तोमा पाइएमा अन्यत्रबाट किन्न सक्ने निर्णय दिएको छ।  नेपालले आफ्नो प्रस्तावमा कुनै निर्णयमा नपुगुन्जेल भारतबाट सैन्य सामग्री नल्याउने भएको छ।  नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>