देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेलम्चीको पानी आउन अझै १ वर्ष लाग्ने

देशान्तर

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले आयोजनाको ८३ प्रतिशत काम पूरा भएको जनाउँदै १ वर्षभित्रै उपत्यकामा पानी आउने दाबी गरेको छ। खानेपानी आयोजना अन्तर्गतका सुरुङ निर्माण, पाइप बिछ्याउने, पानी प्रशोधन केन्द्र निर्माण र पानी ट्यांकी निर्माणको आधाभन्दा बढी काम पूरा भएको उल्लेख गरेको छ।

समितिले एक वर्षभित्र उपत्यकामा मेलम्चीको पानी आइपुग्ने जनाएको छ। मेलम्ची खानेपानी आयोजनाका महानिर्देशक घनश्याम भट्टराईले सुरुङ खन्ने काममा सन्तोषजनक प्रगति भएको उल्लेख गर्दै २७ किमी सुरुङमध्ये १७ किमी खनिसकेको जानकारी दिए।

उनका अनुसार अब १० किमी मात्र सुरुङ खन्न बाँकी छ। यसअघि सरकारले २०७१ बैशाख १ गते उपत्यकामा पानी ल्याइपुर्याउने प्रतिबद्धता जनाएको थियो।  तर, भूकम्प र भारतीय नाकाबन्दीका कारण काममा ढिला भएको उनले बताए। सुरुङ निर्माणको ठेक्काको म्याद आउँदो असोजमा सकिँदैछ।  कान्तिपुर दैनिकमा समाचार छ। 

]]>