देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गाविसमै बस्ने सचिवलाई ५० प्रतिशत भत्ता

देशान्तर

काठमाडौं । सरकारले स्थानीय सेवा प्रवाह र कार्यसम्पादनका आधारमा गाविस सचिवलाई तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता दिने तयारी गरेको छ। सदरमुकाम बस्दै आएका गाविस सचिवहरुलाई गाउँमै बसेर काम गर्न निर्देशन दिएको सरकारले वार्षिक कार्यसम्पादनका आधारमा गाविस सचिवहरुलाई प्रोत्साहन भत्ता दिन लागेको हो।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाविसबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन तथा गाविस सचिवको पेसालाई आकर्षित बनाउन आगामी आर्थिक वर्ष २०७३/७४ देखि प्रोत्साहन भत्ता दिने तयारी भइरहेको जनाएको छ।  

हाल देशभर ३ हजार १ सय ५७ गाविस सचिव छन् भने ७ सय १९ गाविस सचिवबिहीन छन्। सचिवबिहीन भएको गाविसको काम हालसम्म छिमेकी गाविसका सचिवले गर्दै आएका छन्।  राजधानी दैनिकमा समाचार छ। 

]]>