देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पनामा पेपर्स प्रकरणः २८ नेपालीमाथि छानबिन

देशान्तर

काठमाडौं । सरकारले पनामा पेपर्स र स्विस बैंक प्रकरणमा मुछिएका नेपाली र तिनका कम्पनीमाथि अनुसन्धान तीब्र पारेको छ। अर्थ मन्त्रालयको राष्ट्रिय समन्वय समिति अन्तर्गत गठित अनुसन्धान समितिले सार्वजनिक २८ व्यक्ति  र कम्पनीमाथि छानबिन थालेको हो।  समितिले यस प्रकरणमा मुछिएका नाम तथा कम्पनीको अन्तर्राष्ट्रिय वित्तीय कारोबार तथा अपराधबारे दुई साता अघि इन्टरपोलसँग सूचना माग गरिसकेको छ।  

समिति सदस्य केन्द्रीय अनुसन्धान ब्युरोले इन्टरपोलको काठमाडौंस्थित संयन्त्र नेसनल सेन्ट्रल ब्युरोमार्फत मुछिएका नामबाहेक उनीहरुसँग जोडिएका परिवार र आफन्तको सूचनासमेत उपलब्ध गराउन आग्रह गरेको छ।  सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक किशोरजंग कार्कीले अनुसन्धान समितिले विविध पक्षका सूचना र प्रमाण संकलन गरिरहेको जानकारी दिए।

उनका अनुसार समितिमा रहेका सरोकारवाला निकायले आफ्नो क्षेत्रसँग जोडिएका नाम र कम्पनीका विषयमा सूचना उपलब्ध गराएका छन्। नागरिक दैनिकमा समाचार छ। 

]]>