देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तीन वर्षसम्म आम्दानी खर्चको विवरण नबुझाउने २० दल खारेजीको प्रक्रियामा

देशान्तर

काठमाडौं । लगातार तीन वर्ष  आयव्यय नबुझाउने २० दल खारेजीको प्रक्रियामा पुगेका छन्। आर्थिक वर्ष २०७१/७२ सम्म लगातार तीन वर्षसम्म आम्दानी खर्चको विवरण नबुझाउँदा खारेजी प्रक्रियामा गएका हुन्। निर्वाचन आयोगले पटक पटक पत्र पठाएर आयव्यय विवरणको लेखापरीक्षण प्रतिवेदन माग गर्दा समेत अटेर गरेपछि प्रक्रिया अगाडी बढाइएको हो।  

आयोगमा दर्ता रहेका दलले प्रत्येक वर्षको आम्दानी खर्चको प्रतिवेदन बुझाउनु पर्ने कानुनी प्रावधान छ। तर, राजनीतिक दलले तोकिएको समयमा आफ्नो आयव्यय विवरण बुझाउने गरेका छैनन्।  खारेजी प्रक्रियामा रहेका राजनीतिक दल निष्क्रिय छन्। कतै नाम नसुनिने, गतिविधि नगर्ने अस्तित्वमा नरहेका साना दल छन्। १० हजार जनाको हस्ताक्षर बुझाएर दल दर्ता भएपनि ती दलको नाम जनताले कहिल्यै सुन्न पाएका छैनन्।

 तीन वर्षसम्म आम्दानी खर्चको विवरण नबुझाउने दलमा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सबादी), नव नेपाल निर्माण पार्टी, राष्ट्रिय शिवसेना, हरियाली नेपाल पार्टी, ओमसेना नेपाल पार्टी, नेपाल जनएकता पार्टी, लगायत छन्। निर्वाचन आयोगले तीन वर्ष आयव्यय नबुझाउने पार्टीलाई एकपटक भने मौका दिने बताएको छ।  नागरिक दैनिकमा समाचार छ। 

]]>