देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कम्युनिष्ट विचारले बाबुरामको नयाँ शक्तिमा विवाद

देशान्तर

काठमाडौं । नयाँ शक्ति नेपालमा कम्युनिष्ट विचारधारा अवलम्बन गर्ने कि नगर्ने भन्नेमा विवाद भएको छ। एकीकृत नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी नयाँ शक्तिमा गएका नेताहरु वामपन्थी विचारसहितको पार्टी गठन गर्नु पर्ने पक्षमा देखिएका छन्। पूर्वप्रशासक, सुरक्षा अधिकारी र कलाकार भने त्यसको विरोधमा छन्।  

गणेशराज राई, रामेश्वर खनाल, नाथुप्रसाद चौधरी, डा. प्रविण मिश्र, मदन राई, सुरेन्द्र चौधरी, अशोक शर्मालगायतले वामपन्थी विचार अवलम्बन गरिए पार्टीमा नबस्ने चेतावनी दिएका छन्।  पार्टी घोषणा नुहँदै किचलो सुरु भएपछि संयोजक बाबुराम भट्टराई अप्ठेरोमा परेका छन्। उक्त विवादले गर्दा यही जेठ ३० गते सार्वजनिक गर्ने भनिएको पार्टीको नाम र अन्तरिम विधानको पनि टुंगो लाग्न सकेको छैन।

नयाँ शक्ति नेपालका केन्द्रीय सचिवालय सदस्य पूर्वएआईजी गणेशराज राईले कम्युनिष्ट दर्शन अस्वीकार गर्ने सम्बन्धमा छलफल भइरहेको उल्लेख गरे। एमाओवादी परित्याग गरी नयाँ शक्तिमा आएका नेता महेन्द्र पासवानले भने वामपन्थी विचारसहितकै पार्टी निर्माण हुने वताए। कारोबार दैनिकमा समाचार छ । 

]]>