देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नक्कली पाइलट जेल चलान, इन्जिनियर ९ हजार धरौटीमै छुटे

देशान्तर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रकारी पाइलट जेल चलान भएका छन्। तर, नक्कली इन्जिनियर भने सामान्य धरौटीमा छुटेका छन्। एउटै मुद्दामा अदालतले दुई किसिमको आदेश दिएको हो। प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रधारी पाइलट र इन्जिनियर दुवैलाई सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाएको थियो। मुद्दा चलाइएका १० इन्जिनियर ९ हजार धरौटीमा छुटेका छन्।

पाइलट विशाल कार्की भने काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। नक्कली पाइलटविरुद्ध सीता एयरले समेत गठीको उजुरी दिएको थियो। नागरिक उड्ययन प्राधिकरणले पनि कारबाहीका लागि निवेदन दिएको थियो।

तर, नक्कली इन्जिनियरविरुद्ध जाहेरी नै परेन। इन्जिनियरिङ काउन्सिल तथा सम्बन्धित कलेजले उनीहरुविरुद्ध जाहेरी नदिँदा इन्जिनियरहरुको मुद्दा कमजोर बनेको हो। प्रहरीले अनुसन्धानमा समेत मेहेनत नगर्दा उनीहरु सामान्य धरौटीमा छुटेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ। 
 

]]>