देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली बालबालिकाको पक्षमा मुद्दा लड्दै सत्यार्थी

देशान्तर

काठमाडौं । नोबेल पुरस्कार विजेता कैलास सत्यार्थी नेपाली बालबालिकाको पक्षमा भारतको एक अदालतमा मुद्दा लडिरहेका छन्। सत्यार्थीसहित उनको टिम १२ वर्षअघि सर्कसबाट नेपाली बालबालिका मुक्त गराउने क्रममा सांघातिक आक्रमणको सिकार बनेको विषय फेरि बल्झिएको छ। भारतको उत्तर प्रदेशस्थित गोन्डा जिल्लाको एक सर्कसबाट नेपाली बालिका मुक्त गराउने क्रममा सत्यार्थीदसहित उनका पुत्र भुवन र गोविन्द खनाल घाइते भएका थिए।

त्यहाँ रहेका २४ भन्दा बढी बालिका मुक्त भएर परिवजारको सम्पर्कमा पुगेपनि सर्कस सञ्चालकविरुद्धको मुद्दा नटुंगिएकाले बच्पन बचाउ आन्दोलनका संस्थापक अध्यक्ष सत्यार्थीसहित उनीहरुको मुद्दाको बहस न्यायालयमा चलिरहेको हो।

गोन्डा अप्रेसनका क्रममा एकजना मात्र बालिका छुटेको र टिमका सदस्य घाइते भएका थिए। बालबालिकाको हितमा लडेको लडाइँमा यो विषयलाई ठूलो महत्व दिएका सत्यार्थी उतिबेला घाइते अवस्थामा उत्तर प्रदेशको राजधानी लखनौ विधानसभा प्राङगणमा सबै बालिका छुटाउनु पर्ने माग गर्दै अनशन बसेका थिए। कान्तिपुर दैनिकमा समाचार छ। 

]]>