देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिडियो सरुवासँगै चुलियो एमाले–माओवादी मतभेद

देशान्तर

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले र गठबन्धन प्रमुख घटक नेकपा माओवादी केन्द्रवीच मतभेद चुलिँदै गएको सिडियो सरुवा प्रकरणले सार्वजनिक गरेको छ।

माओवादी नेता एवं गृहमन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री ओलीको निर्देशन, सचिव वैठक र प्रचलित नियमसमेत मिचेर आर्थिक वर्षको अन्त्यमा मंगलबार १५ प्रमुख जिल्ला अधिकारीसहित ५१ जना उपसचिव सरुवा गरेपछि विवाद चुलिएको हो।  गृहको निर्णय थाहा पाएलगत्तै प्रधानमन्त्री ओलीले गृहमन्त्रीसँग असन्तुष्टि व्यक्त गर्दै निर्णय तत्काल सच्याउन निर्देशन दिएका थिए।

ओलीले मंगलबार राति नै गृहमन्त्री बस्नेतलाई फोन गरी नियमविपरीत सिडियोसहितका कर्मचारी  सरुवा निर्णय तत्काल बदर गर्न निर्देशन दिएको स्रोतले जनाएको छ। नागरिक दैनिकमा समाचार छ। 

]]>