देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१४ नेपाली चीनको हिरासतमा

देशान्तर

काठमाडौं । १४ जना नेपाली युवा चिनियाँ प्रहरीको नजरबन्द डिटेन्सनमा रहेका छन्। दलालको भरमा चीन काम गर्न भनेर विभिन्न समयमा आएका उनीहरु पर्यटक भिसा सकिएर अवैध भएपछि नजरबन्दमा परेका हुन्। पीडितले पत्रकार बताउने सीताराम पराजुली र जम्प टु अब नामक मेनपावरका एजेन्ट गोपाल शिवाकोटीले आफूहरुलार्य चीनमा ल्याएर बिचल्ली पारेको भन्दै बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए।

उनीहरुको निवेदनपछि दूतावासले स्थानीय प्रहरी समक्ष नेपाली युवालाई उद्धार गर्न अनुरोध गरेको थियो। बेइजिङको अध्यागमन कार्यालयमा ८ जना युवाहरु नजरबन्दमा छन् भने सान्तोङ प्रान्तमा दुई जना रहेका छन्। चीनको दक्षिणपूर्व हङकङ नजिकै रहेको सेन्जेनमा चारजना युवा प्रहरीको नजरबन्दमा रहेका छन्।

चिनियाँ कानुनअनुसार भिसा सकिएर अबैध भएका विदेीले दैनिक पाँच सय चिनियाँ युआन जरिवान तिर्नुपर्छ। नेपाली युवाहरुले सो रकम तिर्न नसकेपछि प्रहरीले उनीहरुलाई नजरबन्दमा राखेको हो।  कान्तिपुर दैनिकमा समाचार छ। 

]]>