देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारका विषयमा मोर्चाभित्र चर्को विवाद

देशान्तर

काठमाडौं । अब बन्ने सरकारमा सहभागिताको विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा गम्भीर विवाद देखिएको छ। मोर्चाका केही घटक नयाँ सरकारले मेधसी मोर्चाले उठाएका माग सम्बोधन गर्दै चित्त बुझाउने ठाउँ दिएमा सरकारमा जान सकिने बताउँदै आएका छन् भने केही नेताले सरकारमा जानै नसकिने अडानमा छन्।  

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारमा जाने सम्भावना नरहेको बताए। ‘हामी सरकारमा जाने सम्भावना नै छैन, मधेसीको त्यति ठूलो रगत बगिसकेको छ, कसरी सरकारमा जान सकिन्छ,’महतोले भने,‘सरकारमा विजय गच्छदारहरु जाऊन्, हामी जाँदैनौं।’  स्रोतका अनुसार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा अब बन्ने सरकारमा जान सकारात्मक छन्। मधेसी मोर्चाले उठाएका मागहरु देखिने गरस् सम्बोधन भए सरकारमा जान सकिने उनले आफू निकट नेतासँग बताउने गरेका छन्।  

मोर्चाका अर्का नेता तथा रामसपाका अध्यक्ष शरतसिंह भण्डारीले भने अहिलेको स्थितिमा मोर्चा सरकारमा जान नसक्ने बताउँछन्।  यसैबीच मोर्चाका नेतालाई साक्षी राखेर  कांग्रेस–माओवादी केन्द्रबीच सात बुँदे सहमति भएको खुलासा भएको छ। राजधानी दैनिकमा समाचार छ। 

]]>