देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न दलहरुलाई राष्ट्रपतिको आह्वान

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आज आह्वान गरेकी छिन् ।

नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम सो आह्वान गरेकी हुन् ।

“राष्ट्रपतिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नुभएको छ”– राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि राष्ट्रपतिले आज प्रमुख दलका शीर्ष नेतासँग परामर्श गरेकी छिन् ।

]]>