देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पिकअप भ्यान भिरबाट खस्दा दुईको मृत्यु, आठ गम्भीर

देशान्तर

मोरङ । मोरङको पहाडी गाविस रमितेखोलामा गएराति पिकअप भ्यान भिरबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।

मोरङकै टाँडीबाट रमितेबजारतर्फ जाँदै गरेको को १ ज १७५५ नम्बरको पिकअप रमितेखोला– २ स्थित भिरबाट ध्वासे खोलामा खस्दा सोही ठाउँका वडा नम्बर ७ बस्ने १८ वर्षीय सिद्धि राईको घटनास्थलमा नै र इलाम साक्फारा–१ बस्ने १५ वर्षीय सन्दिप राईको उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

दुर्घटनामा रमितेखोला–२ बस्ने २५ वर्षीय नन्दकुमार राई, २६ वर्षीय पदम राई, २८ वर्षीय उमेश गुरुङ, १८ वर्षीय दिलीप राई, १३ वर्षीय सविन राई, रमितेखोला–७ बस्ने तजिन राई, १७ वर्षीय सविन राई र रमितेखोला–९ बस्ने २४ वर्षीय अर्जुन राई गम्भीर घाइते भएका छन् ।

उनीहरु सबैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए । दुर्घटनामा परेका पिकअपका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

]]>