देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पेन्सन बढाउन दुई सचिवले दिए राजीनामा

देशान्तर

काठमाडौं । पेन्सन बढाउने उद्देश्यले दुई सचिवले अनिवार्य अवकाश पाउनुभन्दा झन्डै एक साताअघि राजीनामा दिएका छन्। राष्ट्रिय योजना आयोगका सुरेशमान श्रेष्ठ र लोकसेवा आयोगका माधव रेग्मीले सचिवबाट राजीनामा दिएका हुन्।  

दुवै जनाले निजामती ऐनमा रहेको स्वैच्छिक  अवकाशको व्यवस्थाको लुप होलको दुरुपयोग गरी आ–आफ्नो पेन्सन बढाउन राजीनामा दिएका हुन्। श्रेष्ठले ५८ वर्ष उमेर पुगी साउन ८ मा र रेग्मीले सचिवको पाँच वर्षे सेवा अवधि पूरा गरी साउन ११ मा अनिवार्य अवकाश पाउँदै थिए।

निजामती सेवा ऐनअनुसार ३० वर्ष सेवा अवधि पुगेका श्रेष्ठले स्वैच्छिक अवकाश लिएका कारण थप दुई वर्ष सेवा गरेबराबरको पेन्सन पाउनेछन्।  रेग्मीले राजीनामा गरेका कारण थप ६ वर्ष सेवा गरे बराबरको पेन्सन सुविधा पाउनेछन्। रेग्मी ६० वर्ष पूरा हुन ६ वर्ष बाँकी छ। कान्तिपुर दैनिकमा समाचार छ।

]]>