देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली सरकारले बाड्यो एकै दिन १ करोड ३१ लाख

देशान्तर

काठमाडौं  । एमाले अध्यक्ष केपी ओली  नेतृत्वको सरकारले जाँदाजाँदै प्रधानमन्त्री तथा प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। 

मन्त्रिपरिषदको गत असार २४ को बैठकले तत्कालीन गृहमन्त्री शक्ति बस्नेतको प्रस्तावमा ७८ जनालाई आर्थिक सहायता दिने निर्णय गरेको हो। सरकार आफैले बनाइ कार्यान्वयनमा ल्याएको विपन्न तथा विशिष्ट व्यक्तिहरुलाई उपचार खर्च दिनेसम्बन्धी कार्यविधि विपरीत सरकारले पुनः रकम बाँडेको हो।  

यसअघि मन्त्रिपरिषदले असारको पहिलो साता एकैदिन ३१ जनालाई डेढ करोड बाँडेको थियो। कार्यविधिमा विपन्न र विशिष्ट व्यक्तिलाई मात्र अस्पतालको विलअनुसार उपचार खर्च बेहोर्ने व्यवस्था भएपनि सरकारले कसैलाई पनि आर्थिक सहायता दिन सक्ने व्यवस्था छैन।  

मन्त्रिपरिषद निर्णयका नाममा कानुनविपरीत सत्तारुढ एमाले र राप्रपा नेपाल तथा प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्रका पहुँचवाला नेता, सांसद तथा कार्यकर्तालाई आर्थिक सहायता दिइएको हो। कान्तिपुर दैनिकमा समाचार छ। 

]]>