देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मधेसी मोर्चा सरकारमा जाने संकेत

देशान्तर

काठमाडौं ।  नयाँ संविधानलाई लिएर असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत मधेसी मोर्चाले केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमन भई कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकार बनेको अवस्थामा सहभागी हुने संकेत गरेको छ।  

ओली नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको मधेसी मोर्चाले कांग्रेस–माओवादी गठबन्धन सरकारमा समेत सहभागी हुने संकेत गरेको हो।  मोर्चामा आबद्ध नेता सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नयाँ सरकारमा सहभागी हुने संकेत दिएका हुन्। कर्णले मधेसी मोर्चा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुनसक्ने धारणा राखे।

‘केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नैपर्ने थियो,हामी ओलीको विपक्षमा मत हाल्छौं, मधेसी मर्दा आँप झर्यो भन्ने सरकार ढल्दा यतिबेला खुसी छु, म भर्खर मधेसबाट आएको छु, सरकार ढलेकोमा मधेसीहरु खुसियाली मनाइरहेका छन्,’ कर्णले भने। राजधानी दैनिकमा समाचार छ।

]]>