देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय महत्वको निर्णय नगर्न ओलीलाई कांग्रेस र माओवादीको चेतावनी

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाली काँग्रेसले दैनिक कामकाजका सामान्य कामबाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दीर्घकालीन प्रभाव पार्ने निर्णयहरु नगर्न वर्तमान सरकारको ध्यानाकर्षण गरेको छ ।

संविधान र प्रचलित कानुनबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारप्रति विश्वास छैन भनी व्यवस्थापिका–संसद्भित्र रहेका १३ वटा राजनीतिक दलले असार २९ गते अविश्वासको प्रस्ताव दर्ता गरिसकेपछिको विकसित परिस्थितिमा दुई ठूला दलले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गरेका हुन् ।

साथै, सत्ता साझेदार दोस्रो ठूलो दल माओवादी केन्द्रले वर्तमान सरकारबाट समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री ओली नेतृत्वको सरकार स्वतः अल्पमतमा परेको पनि दुबै दलले स्पष्ट गरेका छन् ।

 

]]>