देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी मन्त्री पोका बाँध्दै

देशान्तर

काठमाडौं । ९ महिना सरकारमा रहेर पार्टीको निर्देशानुसार मन्त्री पद छाड्नुपरेपछि पुल्चोकस्थित क्वाटरमा बस्दै आएका माओवादी मन्त्रीका सहयोगी बुधबार दिनभर ठूलै चटारेमा देखिन्थे। मन्त्री निवासबाट सामान सार्नुपर्ने भएपछि कोही पोकापुन्तरा बनाउँंदै थिए भने कोही गाडीमा धमाधम सामान सार्दै थिए।

पार्टीले फिर्ता बोलाएसँंगै मन्त्री पदबाट राजीनामा दिएका माओवादीका कोही मन्त्री डेरा सरिसके भने धेरै सर्ने तयारीमा छन्। माओवादी केन्द्रबाट गत असोज २४ गते एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा एक उपप्रधानमन्त्री र सात जना मन्त्री बनेका थिए। गृहमन्त्री शक्तिबहादुर बस्नेत र वाणिज्य मन्त्री गणेशमान पुनले त मंगलबारै मन्त्रालयमा सबैलाई धन्यवाद दिएर बिदा भएका थिए।

बस्नेतले बुधबार बिहानै पुल्चोकस्थित मन्त्रीनिवासबाट पोकापुन्तरा बाँधेर पुरानै डेर भैंसेपाटीमा सरेका छन्। वन मन्त्री अग्निप्रसाद सापकोटाले बुधबार मन्त्री क्वाटर छाडेपछि कौशलटारस्थित भतिजाको डेरामा बस्न पुगेका छन्। उनको पुरानो डेरा तीनकुने सुविधानगरमा बिहीबारमात्रै सर्ने जानकारी उनका सहयोगी युवराज दुलालले दिए। सापकोटाले मन्त्री भएबापत सुविधा पाएको गाडी समेत फिर्ता गरिसकेका छन्। कृषिमन्त्री हरिबोल गजुरेलले भने बिहिबार मात्रै क्वाटर छाड्ने तयारी गरेका छन्। शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले पनि बिहीबार मात्रै पुल्चोक क्वाटर छाड्ने तयारीमा छन्।  अन्नपूर्ण पोस्टमा समाचार छ। 
 

]]>