देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

योजना आयोगका पुर्व उपाध्यक्ष पोखरेललाई पितृशोक

देशान्तर

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेललाई पितृशोक परेको छ। उनका पिता विष्णुप्रसादको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको हो।

विष्णुप्रसाद पोखरेल प्युठानका परिचित सामाजिक कार्यकर्ता थिए। मुटुको रोगबाट पीडित उनको शहीद गंगालाल अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनायो।

हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो। प्युठानको शिक्षा, वन, कृषि र स्थानीय विकास निर्माणमा उनको योगदान उल्लेखनीय थियो। उनका २ पत्नी, ४ छोरा र २ छोरी छन्। उनीहरु पशुपतिमै १३ दिने संस्कारका लागि बसेका छन्।

]]>