देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

४३ रुपैयाँ नतिर्दा १० दिनदेखि हिरासतमा

देशान्तर

काठमाडौं । ४३ रुपैयाँ राजस्व नतिर्दा दुई व्यापारी १० दिनदेखि प्रहरी हिरासतमा छन्। छुटपुर्जी नबनाएर बोधिचित्तका दाना लान खोज्दा हिसारतमा पुगेका हुन्।  जिल्ला वनले महांकालचौर–६ का चक्रबहादुर तामाङ र सिपाली चिलाउन–९ कि टिना तामाङलाई ४० किलो ६० ग्राम बोधिचित्तका दानासहित असार १८ मा काभ्रेभञ्ज्याङबाट पक्राउ गरेको थियो।  

बोधिचित्तको प्रतिकिलो १ रुपैयाँ ४ पैसा राजस्व बापतको ४२ रुपैयाँ २२ पैसा नतिरी उनीहरु बिक्री गर्न लाँदै थिए। चापाखोरीमा एक किसानबाट २ लाख ६० हजारमा खरिद गरेका थिए। ‘प्रक्रिया पूरा नगरेको र राजस्वसमेत नतिरेका कारण पक्राउ गरेका हौं’ सहायक वन अधिकृत उदिम राईले भने,‘थोरै परिणाम भएपनि राजस्व नतिरेकाले कारबाही अघि बढाएका हौं।’  वनको आफ्नै हिरासत नहुँदा प्रहरीमा पुगेका छन्। राईले सरकारी वकिलको राय लिनु पर्ने लगायत प्रक्रियाका कारण लामो समय हिरासतमा राख्नु परेको र राय आएपछि जिल्ला वन अधिकृतले फैसला गर्ने बताए।  

राईका अनुसार जग्गाधनीको बारीमा फलेको बोधिचित्तको दाना निवेदनपछि वनले प्रमाणित गरेर तौलका आधारमा राजस्व लिने गरेको छ। सरकारी तथ्यांकअनुसार बोधिचित्तको मूल्य प्रतिकेजी ८ रुपैयाँ छ। कान्तिपुर दैनिकमा समाचार छ। 

]]>