देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दशकपछि गै‌ंडा कूटनीति

देशान्तर

काठमाडौं । तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई २०४४ बैशाखमा पहिलो पटक नेपाल सरकारले एक जोडी गैंडा उपहार दियो। यससँगै सुरु भयो, नेपालमा गैंडा कूटनीति।  एक दशकअघिसम्म नेपालले ९ वटा मुलुकलाई गैंडा उपहार दिएको थियो। विभिन्न राजनीतिक घटनाक्रमका कारण एक दशक रोकिएको ‘गैंडा कूटनीति’ फेरि चर्चामा आएको छ। सरकारले आइतबार दुई जोडी गैंडा उत्तरको छिमेकी चीनलाई दिने निर्णय गरेपछि यो विषयमा चचा बढेको हो।

नेपाल र भारतमा मात्र पाइने एकसिंगे गैंडा विश्वकै दुलर्भ वन्यजन्तु हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अप्रशोधित तथ्यांकअनुसार अहिलेसम्म २४ गैंडा उपहार र आदानप्रदानका नाममा ९ वटा मुलुकलाई उपहार दिइएको छ। पछिल्लो पटक सन् २००६ मा तत्कालीन युवराज पारस शाहले अस्ट्रिया सरकारलाई एक जोडी गैंडा उपहार दिएका थिए। त्यसपछि एक दशकसम्म गैंडा कूटनीतिमा पूर्णविराम लागेको थियो। वनमन्त्री अग्नि सापपकोटाले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्न गैंडा उपहार दिन लागिएको बताए।

मन्त्री सापकोटाको पुस २९ गतेको चीन भ्रमणका क्रममा चिनियाँ वनमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले गैंडा दिन आग्रह गरेका थिए। नागरिक दैनिकमा समाचार छ।

]]>