देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस महामन्त्री कोइराला खतरामुक्त, भेन्टिलेटरबाट निकालियो

देशान्तर

काठमाडौ । अकस्मात स्वस्थ्यमा समस्या देखिएपछि उपचारका लागि ओम अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको भेन्टिलेटर केहीबेर अघि झिकिएको छ। डा शशांकका सहयोगी भरत तिवारीका अनुसार केहिबेर अगाडि उनलाई केहि बेरका लागि भेन्टिलेटरबाट निकालिएको छ ।

डाक्टरहरुले उनी खतरामुक्त भएको पनि बताएका छन्।  ‘उहाँले आफैं अक्सिजन लिन थाल्नुभयो, मान्छे चिन्न थाल्नुभयो। हात चलाउने गर्न थाल्नु भएको छ,’ डा सशाँकका सहयोगी तिवारीले भने ।

शशांकलाई भेन्टिलेटरबाट निकालेपछि खुसी हुँदै डा शेखर कोइराला बाहिर निस्किएका छन्। ‘प्रेससँग अहिले डाक्टरले कुरा गर्नुहुन्छ, म अहिले केही बोल्दिन,’ कोइरलाले भने।  

 

]]>