देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दलाई लामाको जन्मोत्सवमा हस्तक्षेप

देशान्तर

काठमाडौं । प्रहरीले हस्तक्षेप गरेपछि तिब्बती धर्मगुरु दलाई लामाको जन्मदिनको कार्यक्रम विथोलिएको छ । नेपाल सरकारको नीतिविपरीत र गृह प्रशासनको अनुमतिबेगर  जन्मोत्सब मनाएको भन्दै प्रहरीले हस्तक्षेप गरेपछि तिब्बती धर्मगुरु दलाई लामाको जन्मदिनको कार्यक्रम बिथोलिएको हो । प्रहरी हस्तक्षेपपछि बौद्धस्थित स्रोङचेन आवासिय विद्यालय परिसरमा लामाको ८१ औँ जन्मदिन मनाउन बुधवार भेला भएका झन्डै तीन हजार समर्थक आक्रोशित हुँदै फर्किएका हुन्।

बौद्ध सेटलमेन्टका अधिकृत केल्साङसहित २४ तिब्बतीलाई प्रहरीले पक्राउ गरेको थियो । लामाका समर्थकले उक्त विद्यालय परिसरमा स्टेज बनाई सांस्कृतिक लगायत विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेका थिए । काठमाडौं प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले अनुमतिबिना कार्यक्रम गरेकाले रोक्न निर्देशन दिएको बताए ।  ‘प्रशासनले उनीहरुलाई कार्यक्रम गर्ने अनुमति दिएको छैन,’सुवेदीले भने,’दलाई लामाको जन्मोत्सव मनाउन कसरी अनुमति दिन मिल्छ ? जबरजस्ती गर्न खोजेपछि हामीले रोक लगाएका हौं ।’ जिल्ला प्रशासनले अनुमति नदिएपछि मंगलबारदेखि नै प्रहरीले सम्भावित कार्यक्रम स्थलको निगरानी गरेको स्रोतले बताएको छ ।

दलाई लामाका अनुयायीलाई प्रहरीले कार्यक्रम नगर्न भनेपछि केहीबेर विद्यालय परिसर तनाबग्रस्त भएको थियो । नेपालस्थित दलाई लामाका मुख्य प्रतिनिधि ताम्दिङदोर्जे तुलाधरले प्रजातन्त्र र मानवअधिकारप्रति उदार नेपालमा शान्तिपूर्ण कार्यक्रम गर्न नपाउनु दुः खद र आपत्तिजनक भएको टिप्पणी गरे । आजको अन्नपूर्णमा समाचार छ ।

]]>