देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधारको संकेत : अस्पताल

देशान्तर

काठमाडौं । नेपाली काग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा केही सुधारको संकेत देखिएको छ । काठमाडौंको ओम अस्पतालमा भर्ना भएका कोइरालाको रक्तचाप, अक्सिजन र मृगौलाको स्थितिमा सुधार आएको अस्पताले जनाएको छ ।

अस्पतालका प्रवक्ता लभनरसिंह जोशीले कोइरालाको अवस्था चिन्ताजनक र स्थिर रहेको बताए । कोइरालाको अझै पनि भेन्टिलेटरमै राखेर उपचार भईरहेकाले २४ देखि ४८ घण्टा सम्म केही भन्न सक्ने स्थिती रहेको जोशीले बताए ।

अस्पतालले पत्रकार सम्मेलन गरेर कोइरालाको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो । विहानको भन्दा स्वास्थ्यमा केही सुधार आएको भन्दै डा. लव जोशीले भने,’भोलिसम्म यहि अस्वस्थामा राख्न सकियो भने सुधार मान्न सकिन्छ ।’

हिजो बेलुका अचानक असजिलो महसुस भएपछि ओम अस्पताल पुगेका महामन्त्री कोइरालाको रक्तचाप केही न्युन रहेको देखिएपछि अस्पताल भर्ना गरिएको थियो । तर, आज विहान अर्धचेत अवस्थामा रहेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको हो ।

]]>