देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालीको भान्सामा रुसको धनियाँँ, कोरियाको लसुन

देशान्तर

काठमाडौं । नपत्याउनुहोला, हाम्रो भान्सामा मगमगाउने धनियाँ रुसबाट आइरहेको छ। फूल उठाएर खाने मुरली मकै अर्जेन्टिनाबाट। लसुन कोरियाबाट। च्याउ फ्रान्सबाट। बेल्जियमबाट बटर। केन्याबाट कफी। चिलीको ट्राउट माछा।  यो त थोरै उदाहरण मात्र हुन्, नेपालमा ठूलो मात्रामा खाद्यबस्तु आयात गरिन्छ।

तीमध्ये धेरै बस्तु भारत, चीनजस्ता छिमेकी मुलुकबाट मात्र होइन, निकै परका मुलुकबाट समेत ल्याइने गरेको छ। बेल्जियम, कोरिया चिलीलगायतबाट मात्र होइन, तान्जानिया, मदगास्करजस्ता मुलुकबाट समेत नेपालमा खाद्यबस्तु आयात हुन्छन्। हामीले कमै नाम सुनेका केही सूक्ष्म मुलुकबाट समेत नेपालमा खानेकुरा भित्रिन्छन्। इथोपियाको सिमी हाम्रो भान्सामा पाकेको हामी पत्तै पाउँदैनौ। 

हिन्द महासागरको सानो छापु मुलुक कोमोरोस, आयरल्याण्ड र बेलायतको बीचमा पर्ने आइस फ म्यान मात्र होइन, दक्षिण पश्चिम युरोपेली सूक्ष्म मुलुक एन्डोराबाट पनि नेपालमा खाने कुरा भित्रिएका छन्।  भन्सार विभागले निकालेको चालू आर्थिक वर्षको ११ महिने आयात निर्यात विवरणअनुसार विश्वका कमै मुलुक छन्, जहाँबाट नेपालमा खानेकुरा भित्रिएको छैन।  

नेपालले विभिन्न मुलुकबाट मासुदेखि, दूध, दहीसम्म, तरकारीदेखि महसम्म। आलुदेखि चियासम्म र जिरा, धनियाँदेखि ल्वाङ सुकमेलसम्म आयात गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ। 
 

]]>