देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादीमा कांग्रेससँग नजिकिने धार बलियो बन्दै

देशान्तर

काठमाडौ । प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रमा सरकारको नेतृत्व गर्ने एमालेसँग टाढिएर प्रमुख प्रतिपक्षी दल कांग्रेससँग नजिकिने धार बलियो हुँदै गएको छ । एमालेसँग सहकार्य तोडेर परिआए कांग्रेससँग सहकार्य गरी सरकार बनाउनेतर्फ उन्मुख देखिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र वर्षमान पुनले नेतृत्व गरेको समूह बलियो बन्दै गएको हो ।

प्रधानमन्त्री केपी ओलीले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरी धोका दिएको भन्दै उनीहरुले कांग्रेस नेतासँग्को छलफल तीब्र बनाएका छन् । महराले शनिवार त्रिपुरेश्वरस्थित भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायको निवासमा कांग्रेसका नेतासँग गोप्य छलफल गरेका थिए ।

स्रोतका अनुसार ओली नेतृत्वको सरकारमा रहेका माओवादीका आठजना मन्त्रीले आफ्नो मन्त्रालयअन्तर्गतका नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्ने गरेको गुनासो गरेका छन् । सशस्त्र द्वन्द्वका बेला माओवादीले गरेका जग्गाको कारोबार मिलाउने, सहिदका परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने विषयलाई बजेटमा प्रस्ट नपारिएको, सशस्त्र द्वन्द्वका बेलामा मुद्दा उठाएर माओवादीका नेताकार्यकर्तालाई फसाउन खोजिएको आरोप लगाउँदै माओवादी केन्द्रका नेता प्रधानमन्त्री ओलीप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेको स्रोतले बतायो ।

गत वैशाख २३ गते माओवादीले द्वन्द्वकालीन विषयलाई समाधान गर्ने बारेमा एमालेसँग नौबुँदे सहमति गरेको थियो । एक नेताका अनुसार सरकार बचाउको पक्षमा रहेका मन्त्रीले भने आफ्ना मुद्दामा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि धोका दिन सक्नेतर्फ सचेत गराउने गरेका छन् ।  आजको अन्नपूर्णमा समाचार छ ।

]]>